Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं – राजमान महर्जनले मङ्सिर १६ मा हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सन् २०६७ देखि सरसफाइ अभियानमा सक्रिय महर्जनले मङ्सिर २ मा औपचारिक रूपमा मनोनयन दर्ता गर्ने जनाएका छन् ।

महर्जनले असोज ४ देखि नगरका विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गर्दै जनसम्पर्क गर्दै आइरहेका छन् । हालै उनले बाघ भैरव मन्दिरमा चियापान कार्यक्रमको आयोजना गर्दै चुनावी अभियानलाई थप सशक्त बनाउने योजना पनि सार्वजनिक गरेका छन् । कीर्तिपुरकै लहना रेस्टुरेन्टका अध्यक्ष समेत रहेका महर्जनलाई धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत समर्थन व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को सचिवालयबाट पनि सम्पर्क आएको उनले खुलासा गरेका छन् । महर्जनले आफू राजनीतिक व्यक्ति नभई सामाजिक अभियन्ता भएको उल्लेख गर्दै, सरसफाइ अभियानलाई प्रभावकारी बनाउन एक पटक शक्तिमा पुग्न चाहेको बताए । उनले भने, ‘मैले सरसफाइ अभियानमा जसरी चाहिरहेको छु, त्यसलाई पूरा गर्न मेयरको पदबाट अझ राम्रो निचोड निकाल्न सकिन्छ भन्ने विश्वासले उम्मेदवारी दिएको हुँ ।’

धरानका मेयर हर्क साम्पाङले महर्जनलाई समर्थन गर्दै लेखेका छन्, ‘कीर्तिपुरका प्रसिद्ध समाजसेवी र विश्व सरसफाइ अभियन्ता राजमान ज्युलाई स्वतन्त्र उम्मेदवारका रूपमा समर्थन गरेका छौँ । सबैले यो सन्देशलाई व्यापक रूपमा फैलाउन मद्दत गरिदिनुहोला । जय स्वतन्त्र !’ महर्जनको उम्मेदवारीसँगै कीर्तिपुरको मेयर पदको प्रतिस्पर्धा झनै चासोको विषय बनेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया