समाचार सुन्नुहोस :
काठमाडौँ – डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक ९ वर्षीया बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ। घरमा खेल्दै गर्दा लडेर बायाँ हात भाँचिएकी दिपायल सिलगढी नगरपालिका–३ की रजनी भुलको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो।
शल्यक्रिया गर्नुअघि बालिकालाई बेहोस गराउने औषधिले रियाक्सन गरेको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
बालिकाका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएपछि प्रहरी प्रशासनले डा. राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादवलाई नियन्त्रणमा लिएको हो।