Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

टोकियो – जापानको चिबा प्रिफेक्चरको एक होटलमा महिला कर्मचारीको हत्या भएको छ । ५६ वर्षीय हिटोमी सोकीलाई चिबाको इचिहारा सिटीको एउटा सानो होटेलमा शुक्रबार बिहान मृत अवस्थामा फेला पारिएको हो ।

प्रहरीका अनुसार सोकीको शव बिहान साढे ७ बजे अर्का कर्मचारीले कामका लागि पुगेपछि फेला पारेका थिए । उनी चेक-इन काउन्टर पछाडिको भुईँमा मृत भेटिएकी थिइन् । प्रहरीकाले भन्यो, ‘ सोकीको अनुहार सुन्निएको थियो । घाँटी धारिलो हतियारले रेटिएको थियो । उनका दुवै हात बाँधिएका थिए ।’

सोकी रातिको सिफ्टमा एक्लै थिइन् । प्रहरीले बिहीबार राति होटेलमा को-को बसेका थिए भन्नेबारे अनुसन्धान गरिरहेको छ साथै वरपरको क्षेत्रमा रहेको सुरक्षा क्यामेराको फुटेज पनि जाँच गरिरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया