Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक ०७, २०८१
Wednesday, October 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेले पार्टी कार्यालय निर्माण गर्नका लागि भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दिएको जग्गासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ। अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले एमालेलाई दिएको १० रोपनी १४ आना जग्गा खारेज गराउन सर्वोच्चमा रिट दायर गरेका छन्। यस रिटको सुनुवाइ भोलि हुने सर्वोच्च प्रशासनले जानकारी दिएको छ।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गरे पनि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश दिएको थियो। आदेशपछि रिट दर्ता गरिएको हो। रिटमा ललिता निवाससँग सम्बन्धित भ्रष्टाचार मुद्दामा गुरुङको नाम विवादमा रहेकाले यस जग्गा लिनु उपयुक्त नभएको र प्रधानमन्त्रीले यो भवनको उद्घाटन गरेकाले अन्तरिम आदेशमार्फत रोक लगाउन माग गरिएको छ।

असोज १० र ११ गते परेको अविरल वर्षाले च्यासलस्थित एमाले पार्टी कार्यालयलाई क्षति पुर्याएपछि दशैंको फुलपातीको दिन एमालेले कीर्तिपुरमा गुरुङले दिएको जग्गामा नयाँ भवनको शिल्यान्यास गरेको थियो। यो शिल्यान्यास विवादित बनेर अन्ततः अदालतमा पुगेको छ। उक्त विवाद अब अदालतले न्यायीक परिक्षण गर्नेछ ।

तपाईको प्रतिक्रिया