Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक ०७, २०८१
Wednesday, October 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन कुनै कारण नदेखेको बताएका छन्। उनले कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता भएको भए यत्रो समय नलाग्ने पनि बताए। ‘उहाँले पनि यस्तो महसुस गर्नु भएको छैन होला, महसुस गर्नु भएको छ त?’ मन्त्री खड्काले घिसिङलाई सोधे।

खड्काले आफ्नो मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिनको अवधिमा ९८ प्रतिशत लक्ष्य हासिल गरेको दाबी पनि गरे। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रालयले अघि सारेका नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरेको बताउँदै मन्त्रालयको प्रगति विवरण प्रस्तुत गरेका छन्।

तपाईको प्रतिक्रिया