Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

नागोया – यतिबेला वरिष्ठ पत्रकार भूषण दाहाल जापान भ्रमणमा रहेका छन् । यो उनको पहिलो जापान भ्रमण हो ।

नेपालमा सयौंको अन्तर्वार्ता लिइसकेका दाहालले जापानमा भने आफै अन्तर्वार्ता दिएका छन् । नेपालको समसामयिक विषयवस्तु एवं पत्रकारिताको विकास, विकृति, नेपाली राजनीतिज्ञहरूको पछिल्लो गतिविधि लगायत विषयमा दाहालसँग प्रश्न राखिएको थियो । उक्त कार्यक्रमको आयोजना एनआरएनए जापान ,क्षेत्रीय समिति नागोयाले गरेको थियो ।कार्यक्रमका प्रस्तोता एनआरएनए आईसिसि सचिव पारसमणि पोखरेल रहेका थिए । ‘Face to Face with Bhusan Dahal’ नाम दिइएको उक्त कार्यक्रम तोकिएको समयमा १ मिनेट पनि ढिला नगरी सुरु गरिएको थियो । प्राय नेपालीका कार्यक्रम निर्धारित समयमा नहुने परिपाटी तोड्न जरुरी रहेको कार्यक्रम प्रस्तोता पोखरेलको भनाई छ ।कार्यक्रम हालै मात्र सञ्चालनमा आएको नागोया स्थित इमाईकेमा रहेको द रानीमहल नेपाली रेष्टुरेन्टमा आयोजना गरिएको थियो । पत्रकार भूषण दाहाललाई प्रश्न सोध्नेहरूमा तोकाई वाटिका ईन्टरनेशनल स्कूलका र्निदेशक डा सुदिप अधिकारी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिका सदस्य डा सरोज कँडेल, नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष कविकिरण न्यौपाने, उपाध्यक्ष श्याम शीतल, उपसचिव यमन देवान, अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी एवं प्रशिक्षक देव घिमिरे थिए ।अन्य प्रश्नकर्ताहरूमा एनआरएनए एसिया प्यासिफिक उप- संयोजक दीपक कार्की, मितेरी नेपाल, जापानका अध्यक्ष चिरञ्जीवी सिग्देल , एनआरएनए जापानका पूर्व उपाध्यक्ष राजकुमार अधिकारी ,एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष कुशल पौडेल, सचिव प्रतीक कार्की, जनसम्पर्क समिति नागोयाका सभापति कुशल राज धिताललगायत थिए ।कार्यक्रममा आगन्तुक सबैलाई एनआरएनए क्षेत्रीय समिति नागोयाका सचिव प्रतीक कार्कीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको अध्यक्षता एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले गरेका थिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया