Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १९, २०८१
Wednesday, December 4, 2024

काठमाडौं – मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि देशभर तयारी तीव्र भएको छ । यस पटक ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । तर सबैभन्दा बढी चासो कीर्तिपुर नगरपालिकाको मेयर पदमा केन्द्रित छ । राजधानी काठमाडौंमै पर्ने र उपनिर्वाचन हुने एक मात्र नगरपालिका भएकाले यस निर्वाचनले थप महत्त्व पाएको हो ।

मेयर पदका लागि प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर, र माओवादीबाट प्राडा. शिवशरण महर्जन चुनावी मैदानमा छन् । साथै विभिन्न अन्य दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । तीमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन्, जसले दलका उम्मेदवारलाई चुनौती दिने सम्भावना देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने यस पटक कीर्तिपुरमा उम्मेदवारी दिएको छैन ।

चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् ।

  • नेपाली कांग्रेस: संस्कृति, सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकता दिँदै कृष्णमान डंगोल चुनावी अभियानमा जुटेका छन् ।
  • नेकपा एमाले: डा. सुरेन्द्र मानन्धरले “समृद्ध नेपाल, सुखी नेपाली” भिजनलाई आधार बनाउँदै कीर्तिपुरको समग्र विकासका योजना अघि सारेका छन् ।
  • नेकपा माओवादी केन्द्र: प्राडा. शिवशरण महर्जनले सुशासन, सामाजिक न्याय, र समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।

२०७९ को नजिजा
गत स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसले नौवटा वडाध्यक्ष जितेको थियो । मेयरमा कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ३५३६ मतान्तरसहित निर्वाचित भए । नकर्मीले ९०४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले ५५०७ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा. शिवशरण महर्जनले ४०९० पाए । यस पटक कांग्रेसका लागि यो जितको विरासत जोगाउने चुनौती छ, भने एमाले र माओवादी बलिया प्रतिस्पर्धीका रूपमा उभिएका छन् ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन बलियो प्रतिस्पर्धी मानिएका छन् । विगत १५ वर्षदेखि कीर्तिपुरमा सरसफाइ अभियन्ताका रूपमा परिचित महर्जनले स्थानीय जनताको समर्थन बटुल्न सक्ने अनुमान गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया