Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूको चर्को प्रदर्शनपछि सरकारले सेना परिचालन गरेको छ। भ्रष्टाचार आरोपमा जेलमा रहेका इमरान खानलाई रिहा गर्न माग गर्दै इस्लामावादमा उनका समर्थकहरूले व्यापक विरोध प्रदर्शन गरेका थिए।

सोमबारको प्रदर्शन हिंसात्मक बन्दै जाँदा ६ जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी प्रहरी घाइते भएका थिए। प्रहरीसँग प्रदर्शनकारीको झडपले स्थिति नियन्त्रणबाहिर जान थालेपछि इस्लामाबाद प्रशासनले संविधानको अनुच्छेद २४५ अनुसार सेना परिचालन गरेको हो। यस प्रावधानले सुरक्षा खलल पुर्‍याउनेमाथि गोली चलाउन पाउनेसम्मको अधिकार प्रदान गर्दछ।

डेपुटी कमिश्नर इरफान मेमनका अनुसार शान्ति सुव्यवस्था कायम राख्न सेनाको सहयोग लिइएको छ। इमरान खान नेतृत्वको पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)का समर्थकहरूले संसद भवनसम्म मार्च गर्ने घोषणा गरेका छन्। उनीहरूलाई रोक्न सरकारले सुरक्षा नाकाहरू कडा बनाएको छ।

इमरान खानलाई यसै वर्ष जनवरीमा भ्रष्टाचार मुद्दामा १४ वर्ष जेल सजाय र २० लाख पाकिस्तानी रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो। जेलबाटै उनले समर्थकहरूलाई देशव्यापी विरोध प्रदर्शनको आह्वान गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया