Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

काठमाडौं – सन् २०२३ मा विश्वमा हरेक १० मिनेटमा एक जना महिला- साथी वा नातेदारबाट मारिएको रिपोर्ट संयुक्त राष्ट्रसंघीय निकायद्वारा सार्वजनिक गरिएको छ ।

लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय (यूएनओडीसी) र संयुक्त राष्ट्रसंघीय महिला एजेन्सीले सोमबार सार्वजनिक गरेको संयुक्त प्रतिवेदनअनुसार गत वर्ष करिब ८५ हजार महिला तथा किशोरीको हत्या भएको थियो । करिब ६० प्रतिशत अर्थात् ५१ हजारभन्दा बढी महिला तथा किशोरीको हत्या आफ्नो पार्टनर वा नातेदारको हातबाट भएको प्रतिवेदनमा उल्लेख छ । यो भनेको हरेक दिन १४० जना वा प्रत्येक १० मिनेटमा एक जना महिलाको हत्या हुनु बराबर हो ।

रिपोर्टमा भनिएको छ,‘यो महिला र किशोरीका लागि घातक उत्पीडनको जोखिमका हिसाबले सबैभन्दा खतरनाक स्थान घर हो ।’ अफ्रिकामा सन् २०२३ मा २१ हजार ७०० महिलाको मृत्यु भएको थियो । सबैभन्दा कम महिला हत्या दर युरोप र एसियामा रहेको रिपोर्टमा उल्लेख छ । केही देशमा नारी हत्या रोक्न प्रयास गरिए तापनि लैङ्गिक असमानता र हानिकारक रूढिवादका कारण त्यहाँ नारी हत्याको सङ्ख्या ‘भयानक’ छ ।

यूएनओडीसीका कार्यकारी निर्देशक घाडा वालेले भने,‘हामीले महिलाविरुद्ध हिंसालाई कायम राख्ने लैङ्गिक भेदभाव, शक्ति असन्तुलनजस्ता विभेदजन्य मान्यताविरूद्ध लड्नुपर्छ र अन्त्य गर्नुपर्छ ।’ ‘यूएन वुमन’की कार्यकारी निर्देशक सीमा बहौसले महिलाविरुद्ध हुने हिंसा रोक्न सशक्त कानून, बृहत्तर सरकारी जवाफदेहिता र महिला अधिकारवादी संस्था तथा संस्थागत निकायका लागि बढ्दो आर्थिक सहयोग आवश्यक रहेको बताइन् ।

उनले अगाडि भनिन्,‘यसबाहेक, मिडिया रिपोर्टहरू सहित विभिन्न राष्ट्रिय स्रोतबाट सुधारिएको तथ्याङ्क सङ्कलन र ‘शून्य सहनशीलता संस्कृति’ महिला हत्याको सामना गर्न आवश्यक छ ।’ यो प्रतिवेदन १०७ देश वा क्षेत्रबाट उपलब्ध तथ्याङ्क र यूएनओडीसीले सदस्य राष्ट्रहरूले प्रस्तुत गरेका प्रतिक्रियाबाट सङ्कलन गरिएको जानकारीमा आधारित छ । संयोगवश यो प्रतिवेदन अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस नजिकिँदै गर्दा सार्वजनिक भएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया