Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतका प्रसिद्ध अभिनेता प्रकाश राज नेपाल आइपुगेका छन्। साउथ इन्डियन फिल्म ‘ज्याक’को छायाङ्कनको सिलसिलामा उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

५ दिनदेखि फिल्मको भक्तपुर दरवार स्क्वायर लगायतका क्षेत्रमा छायांकन भैरहेको छ । प्रकाश आइतबार छायांकनमा जोडिनेछन् । फिल्मको निर्माण व्यवस्थापक तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार, प्रकाश राजले नेपालमा १० दिनसम्म फिल्म सुटिङ गर्नेछन्।

आफ्ना अभिव्यक्तिका कारण प्राय चर्चा र विवादमा आउने गरेका प्रकाशले हिन्दी, तमिल, तेलुगू, मलायलम, मराठी, कन्नड गरी २ सय हाराहारी फिल्ममा काम गरिसकेका छन् । ‘सिंघम’, ‘वान्डेट’, ‘अपरिचित’, ‘इरुवर’, ‘अन्तःपुरम्’, ‘कांचीवरम’ जस्ता फिल्ममा उनले निभाएको भूमिका यादगार मानिन्छ ।

तपाईको प्रतिक्रिया