Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौँ – काठमाडौं उपत्यकाको वायुको अवस्था सोमबार केही सुधार भएको छ। वातावरण विभागले पछिल्लो २४ घण्टामा वायुको गुणस्तरमा सुधार आएको जानकारी दिएको छ।

विभागका तथ्यांकअनुसार, रत्नपार्क क्षेत्रको औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६१ मा पुगेको छ । जुन आइतबार १८७ थियो। त्यस्तै, हावामा रहेका सूक्ष्म कण (पीएम २.५) को मात्रा पनि घटेर ५१.२ माइक्रोग्राम प्रतिघनमिटर भएको छ। यो आइतबार राति १५३.८ पुगेको थियो। धनुषाको जनकपुर सहर १६९ एक्यूआईका साथ देशको सबैभन्दा प्रदूषित क्षेत्र बनेको छ । जहाँ पीएम २.५ को मात्रा ९९.१ रहेको छ। धनगढी सहर पनि १६६ एक्यूआई सहित अस्वस्थ्कर सहरको सूचीमा परेको छ। अन्य सहरहरूमा एक्यूआई १५० भन्दा कम मापन गरिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार, १५० भन्दा माथि एक्यूआई अस्वस्थकर मानिन्छ। पीएम २.५ र पीएम १० वायुको गुणस्तर मापनका प्रमुख तत्व हुन्, जसले सूक्ष्म धूलोका कण र प्रदूषक तत्त्वहरूको मात्रा निर्धारण गर्छन्। पीएम २.५ मा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि पुगे वायु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया