Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका ३९औं पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले कार्टरको निधनले विश्व समुदायलाई स्तब्ध बनाएको उल्लेख गर्दै शान्ति, मानव अधिकार र परोपकार क्षेत्रमा उनले पुर्‍याएको योगदान सदैव प्रेरणादायी रहने बताएका छन्। साथै, उनले कार्टरका परिवार र अमेरिकी जनताप्रति समवेदना प्रकट गरेका छन्।

आइतबार जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा १०० वर्षको उमेरमा कार्टरको होस्पिस केयरमा निधन भएको थियो। उनकी जीवनसंगीनी रोजालिनको गत नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो।

पूर्वराष्ट्रपति कार्टर आफ्नो जीवनकालमा शान्तिदूतको रुपमा परिचित थिए। उनले ८० को दशकमा कूटनीतिक मिसनहरू सफलतापूर्वक सम्पन्न गरेका थिए भने ९० को दशकमा गरिबहरूका लागि घर निर्माणको अभियान चलाएका थिए। साथै, कार्टर सन् २००८ मा नेपालमा भएको पहिलो संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल पनि आएका थिए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया