Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – गुरुङ समुदाय आज उल्लासपूर्वक ‘तमु ल्होसार’ मनाउँदैछन्। ‘तमु ल्होसार’ नाममा रहेको ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई यो पर्व भनिन्छ। यो पर्व गुरुङ समुदायले नयाँ वर्षको आगमनका रूपमा विशेष र भव्य रूपमा मनाउने प्रचलन छ।

यो पर्व सूर्यको किरणसँग प्रत्यक्ष सम्बन्धित मानिन्छ। लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, र पर्वतजस्ता गुरुङ बाहुल्य रहेका क्षेत्रहरूमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाइने जनविश्वास रहेको छ। यसैगरी, तामाङ र शेर्पा समुदायको क्षेत्रमा माघ र फागुन महिनामा सूर्यको ताप आउने समय यो पर्व मनाइने परम्परा छ।

पुस १५ लाई वर्षको सबैभन्दा लामो रात भएकाले पनि विशेष मानिन्छ। यो दिनपछि रातहरू छोटिँदै जाने प्राकृतिक परिवर्तनले यस पर्वको महत्त्वलाई अझ प्रस्ट पार्छ। ‘तमु ल्होसार’ को उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

गुरुङ समुदायले राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दै यो अवसरलाई उत्सवमय बनाइरहेका छन्। यस्तै, देशका अन्य स्थानहरूमा पनि पुस १५ विशेष रूपमा मनाउने चलन छ। सुदूरपश्चिम र कर्णालीका गाउँघरमा गाउँखाने कथा सुनाउँदै रातभर जाग्राम बस्ने परम्पराले यो पर्वको मौलिकतालाई झल्काउँछ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया