Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन अनुसार गोरखा मिडिया नेटवर्कको खातामा जम्मा भएको ६५ करोड रुपैयाँमध्ये २२ करोड ६४ लाख रुपैयाँ सिधै विभिन्न सहकारीहरूबाट जम्मा भएको पुष्टि भएको छ। सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता र सहारा सहकारीबाट यी रकम जम्मा गरिएको पाइएको छ।

यसबाहेक, ४३ करोड ७ लाख रुपैयाँ विभिन्न व्यक्तिको नाममा ऋण देखाएर गोरखा मिडियामा जम्मा गरिएको पनि प्रतिवेदनले देखाएको छ। समितिले यी रकममध्ये केही जीबी राईको नाममा ऋण कायम गरेर राखिएको उल्लेख गरेको छ।

गोरखा मिडिया नेटवर्कको सेयर पुँजी वापत जम्मा भएको १२ करोड रुपैयाँमध्ये ८ करोड २० लाख रुपैयाँ जीबी राईले व्यक्तिगत रूपमा प्रयोग गरेको पाइएको छ। साथै, जीबी ग्रुप अफ कम्पनीले २०७९ असार ३० गते सुप्रिम बचत तथा ऋण सहकारीबाट २ करोड रुपैयाँ ऋण लिई भोलिपल्ट गोरखा मिडियालाई २० लाख ऋण दिएको प्रतिवेदनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया