Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबारको ५० अंकको गिरावटपछि सोमबार पनि नेप्से परिसूचक ५७.०३ अंकले घट्दै २५८०.७६ मा झर्यो। बजारको समग्र प्रदर्शन कमजोर भए तापनि १४ कम्पनीका लगानीकर्ताहरूका लागि भने सकारात्मक नतिजा आयो। सोमबार करिब ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार  रुपैयाँ बराबरको कारोबार हुँदा यी १४ कम्पनीका सेयरमूल्यमा वृद्धि देखियो।

मूल्यमा गिरावट आउँदा पनि आत्मनिर्भर लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको बृद्धिसहित सर्किट लागेको छ। हिमालयन हाइड्रो र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ। रावा इनर्जी डेभलपमेन्ट र राप्ती हाइड्रोको सेयर ५ प्रतिशतले बढेको छ भने, अप्पर लाहोरे खोलाको ४.४० प्रतिशत र मेन्छ्यिाम हाइड्रो तथा ग्रिन भेन्चरको सेयर ३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

तर, २२७ कम्पनीका सेयरमूल्य घट्दा, गुडवील फाइनान्स र थ्री स्टार हाइड्रोजस्ता कम्पनीहरूको सेयरमूल्य ९ प्रतिशतले घट्दै सर्किट ब्रेकर पुगेको छ।

 

 

तपाईको प्रतिक्रिया