Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसदहरूले संसद्‌मा प्रयोग गरिएको ‘हिंसा’ शब्दलाई रेकर्डबाट हटाउन माग गर्दै आपत्ति जनाएका छन्। एमालेका सांसद योगेश भट्टराईले “माओवादी हिंसा” शब्द पटक–पटक प्रयोग गरेपछि माओवादी सांसदहरू असन्तुष्ट बनेका थिए। यस विषयमा सभामुखले सचिवालयसँग परामर्श गरेर निर्णय लिने भनेका थिए।

तर, आज बुधबार सभामुखले संसद्को रेकर्डमा रहेको उक्त शब्द कायम राख्ने निर्णय गरेपछि माओवादी सांसदहरूले पुनः विरोध जनाएका छन्। सांसद देवेन्द्र पौडेलले भने,’यो शब्द संविधानको कुन धारा उपधारामा उल्लेख छ ? संविधान विपरीत जाने छुट कसैलाई पनि छैन । अन्तर्राष्ट्रिय समुदायले माओवादी जनयुद्धलाई मान्यता दिइसकेको छ । माननीयज्युहरुले अझै बल्झाउनुभएको छ । यसले शान्ति प्रक्रिया बिथोलिन्छ ।’

माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा माओवादीको जनयुद्धलाई अपमानित गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले संविधानविपरीत यस्तो व्यवहार भएको बताउँदै, संसद्को रेकर्डबाट ‘माओवादी हिंसा’ शब्द हटाउन माग गरे। अन्यथा संविधान नै परिवर्तन गर्नुपर्ने चेतावनी दिएपछि माओवादी सांसदहरू आक्रोशित बनेका छन्।

तपाईको प्रतिक्रिया