Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य परीक्षणका लागि चीन गएका छन्। पुनका साथमा उनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीमगर पनि चीन प्रस्थान गरेकी छन्। उनीहरू दिउँसो १२ बजे एअर चाइनाको उडान नम्बर ४३८ मार्फत चीनतर्फ उडेका हुन्।

‘नियमित फलोअपका लागि जानुभएको हो । २५ गते फर्कनु हुन्छ’, पुनको सचिवालय स्रोतले भन्यो । वंशाणुगत जण्डिसको समस्याबाट पीडित रहेका उपमहासचिव वर्षमान पुन यसअघि पनि उपचारका लागि चीन गएका थिए। उनले चीनमै नियमित उपचार गराउँदै आएका छन्।

तपाईको प्रतिक्रिया