Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – तालिममा सहभागी गराउने भनेर बोलाएकी युवतीलाई होटेलमा पुर्‍याएर सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवकलाई पक्राउ गरेको छ । डेढ साताअघि गाउँकै तीन व्यक्तिले ती किशोरीलाई तालिममा सहभागी गराउने भन्दै होटलमा पुर्‍याएको प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

झुक्याएर होटलमा पुर्‍यााएपछि बन्धक बनाएर तीन जनाले बलात्कार गरेको युवतीका आफन्तले बताएका छन् । शनिबार पीडितको जाहेरी प्राप्त भएपछि आरोपित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मनोहर भट्टले जानकारी दिए । ‘पीडितलाई जिल्ला प्रहरी बोलाएका छौं, थप बुझेर घटनास्थल यकिन गरेपछि कारबाही थाल्छौं’, उनले भने ।

भदौ ५ गते कोटहीमाई–६, का मनोहर चौधरी (कुर्मी) ले तालिममा सहभागी गराउने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर होटेलमा पुर्‍याएको स्थानीयले जानकारी दिएका छन् । त्यसपछि भैरहवा नजिकै बनगाईमा रहेका कोटहीमाई–५, का मुकेशकुमार चौधरी (कुर्मी) र कोटहीमाई–३, का शैलेशकुमार पाण्डे पनि उक्त होटेलमा पुगेका थिए । युवतीका आफन्तले ती युवाले लुम्बिनीको एक होटेलमा पुर्‍याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएका छन् ।

होटेलमा पुर्‍याएपछि अरु सहभागी नदेखेर युवतीले घर फर्किने भनेपछि युवाहरूले अन्य सहभागी आउँदै भनेर रोकेको युवतीका आफन्तले बताए । भदौ ६ गते बिहान मुकेशले नै युवतीलाई गाउँ नजिक ल्याएर छाडेका थिए । लोकलाजले घटना लुकाएको जानकारी दिंदै कोटहीमाईका एक स्थानीयले भने, ‘दुई दिनअघि मात्रै गुप्ताङ्गबाट धेरै रगत बगेपछि घटना खुल्यो, अहिले युवतीको उपचार गराइएको छ ।’

घटना खुलेपछि युवतीका दाइले मुकेशलाई भेट्न बोलाएका थिए । त्यसक्रममा आरोपितमाथि कुटपिट भएको थियो ।त्यसपछि अन्य दुई जनाको सहभागिताबारे खुलेको ती व्यक्तिले बताएका छन् । स्थानीयका अनुसार मनोहर कोटहीमाई गाउँपालिकाका शिक्षा प्राविधिक सहायक हुन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया