काठमाडौं – हराएका वर्षहरूका मुख्य पात्र प्रकाश तामाङ (काले मोक्तान) घर फर्किएका छन् । हेर्ने कथा युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका प्रकाश आफ्नो घर भोजपुर फर्किएका हुन् ।
उनलाई गृह जिल्ला भोजपुर फर्कने क्रममा सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा स्थानीय जनप्रतिनिधि लगायतले स्वागत गरेका थिए । पत्रकार विद्या चापागाईँले गोरखाको चुमभ्यालीमा उनलाई भेटेपछि उनको ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको हो । ३५ वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका प्रकाशको पुनर्मिलनको कथा हेर्ने कथा अहिले चर्चामा छ ।
उनले बिहीबार चुमभ्यालीबाट जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरेका थिए । चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका थिए । गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.