Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। तेलको गुणस्तरमा गुनासो आएपछि असार ७ गते कम्पनीसँग विवरण मागिएको थियो। प्राप्त विवरणको आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनले कम्पनीको तेलको गुणस्तर पुष्टि गर्न नसकेको कारण जरिवाना गरिएको हो।

प्रतिवेदनमा कम्पनीले तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रण, स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) र गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी) को अभिलेख प्रस्तुत नगरेको साथै प्रयोगशाला परीक्षण र क्लिनिकल ट्रायलको प्रमाण पनि उपलब्ध नगराएको उल्लेख छ।

इण्डष्ट्रीले उत्पादनमा एउटै व्याच नम्बर प्रयोग गरेको, म्यादभन्दा कम अवधि रहेका कच्चा पदार्थहरू प्रयोग गरेको र तेलको लेबलमा भ्रम फैलाउने दाबीहरू गरेको पाइएको छ। यसपछि, महानगरपालिकाले थप अनुसन्धानका लागि प्रतिवेदन संघीय स्वास्थ्य मन्त्रालयका सम्बन्धित विभागहरूमा पठाउने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया