समाचार सुन्नुहोस :
काठमाडौँ – विभिन्न सहकारीमा अरबौं ठगी गरेको आरोपमा गिरेन्द्रबाबु (जिबी) राईलाई पक्राउ गर्न नेपाल प्रहरीले मलेसिया दुई अधिकृत पठाउने निर्णय गरेको छ। मलेसिया भागेका राईलाई नेपाल ल्याउन मलेसिया सरकारसँग समन्वय भइरहेको छ। इन्टरपोलले राईविरुद्ध रेड नोटिस जारी गरिसकेको छ र नेपालमा उनलाई पक्राउ पूर्जी जारी गरिएको छ।
राईले सहकारीको रकम अपचलन गरी ग्यालेक्सी टिभी लगायत संस्थामा लगानी गरेका थिए। त्यसपछि उनी फरार भएका हुन्। यस ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएका छन् तर उनले राईको ठगीको जिम्मा लिन अस्वीकार गरेका छन्।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले राईलाई विदेशबाट पक्राउ गरी ल्याउन नेपाल प्रहरीले प्रयास जारी राखेको जनाएका छन्। राईलाई पक्राउ गर्न अर्थ मन्त्रालयले २० लाख रुपैयाँ बजेट पनि निकासा गरेको छ।