Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ। यस दिन नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा कायम भएको हो। ३.८६ प्रतिशतले घटेको शेयर बजारमा कारोबार रकम पनि १८ अर्ब ६४ करोडमा सीमित भएको छ।

मंगलबारको कारोबारमा २२३ कम्पनीको शेयर मूल्य घट्दा २० वटाको मात्रै बढेको छ। एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो। कुल ३३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर दुई लाख ३४ हजार ३६० पटक किनबेच हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

मंगलबारको कारोबारमा होटल तथा पर्यटन उपसमूहबाहेक सबैको सूचक घटेको छ। होटल तथा पर्यटन समूह ०.४३ प्रतिशतले बढेको हो। बैंकिङ समूहको सर्वाधिक ४.९२ प्रतिशतले घटेको छ। त्यस्तै, वित्त समूह ४.६९, विकास बैंक ४.१८र लगानी समूह ४.१३ प्रतिशतले घटेको छ।

मंगलबारको कारोबारमा तारागाउँ रेजेन्सी होटल, आत्मनिर्भर लघुवित्त, दोल्ती पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, नेपाल फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। रिडी पावर ८.५८, नेसनल हाइड्रो पावर ७.६७, शिव श्री हाइड्रो पावरका लगानीकर्ताले ७.४८ प्रतिशतले गुमाएका छन्।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया