समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट गरेका छन्।
यस भेटमा दुई देशबीचको आपसी चासो र हितका साथै पारस्परिक सहयोग र लाभका विषयमा गहन छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।