समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालगन्ज – बाँके प्रहरीले ठूलो परिमाणमा सुनचाँदी बरामद गरेको छ। नेपालगन्जका एक कालीगढले गैरकानूनी रूपमा संकलन गरेर बिक्री गर्दै आएको सुन प्रहरीले फेला पारेको हो।
बर्दियाका एक सुन व्यवसायीले गाडीमा आएर केही मात्रामा सुन किनेर लैजाने क्रममा प्रहरी चेकजाँचमा परेका थिए। उनले नेपालगन्जबाट सुन किनेर लगेकाे बताएपछि प्रहरी टाेली उक्त सुन बिक्री गर्ने कालीगढको पसलमा पुग्दा उनी त्यहाँबाट भागिसकेका थिए। प्रहरी टोलीले पसलमा बाँकी रहेको थप सुन र चाँदी पनि बरामद गरेको छ।
प्रहरीले घटनास्थलबाट ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिएको छ। सुनचाँदी बिक्री गर्ने कालीगढ भने अझै फरार छन्। प्रहरीले बरामद गरेको सुन र चाँदी अवैध रहेको बताएको छ। यस विषयमा थप जानकारी आउन अझै बाकि छ।