Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

\https://youtu.be/3MVONWg8eLs

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने आदेश दिएपछि सशस्त्र प्रहरी बल (एपीएफ) का डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले पनि सोही नियम लागू गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। भदौ १६ गतेदेखि अवकाशमा जान लागेका खत्री र अन्य अधिकारीहरूले यो रिट दायर गरेका हुन। जसको सुनुवाइ मंगलबार हुने भएको छ।

सर्वोच्चको आदेशपछि संघीय प्रहरी ऐन ल्याउन सरकारमाथि दबाब परेको छ। यद्यपि, २०७५ सालमा संसद्मा दर्ता गरिएको ऐन दलहरूबीच सहमति अभावका कारण फिर्ता लिइएको थियो। यसैबीच, गृह मन्त्रालयले सर्वोच्चको आदेशले सरकार सञ्चालन र नेपाल प्रहरीको चेन अफ कमान्डमा गम्भीर असर पर्ने भन्दै भ्याकेटको निवेदन दिने तयारी गरेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया