Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लेबनानसँगको बढ्दो तनावका कारण इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ। इजरायली रक्षामन्त्री योव ग्यालान्टले यो घोषणा गर्दै इजरायली रक्षा बल (आईडीएफ) लाई आन्तरिक मोर्चामा प्रतिबन्धहरू जारी गर्न सहज बनाएका छन्। इजरायली नागरिकलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ।

आईडीएफका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् र लेबनानी नागरिकलाई उक्त क्षेत्र तुरुन्त खाली गर्न आग्रह गरेका छन्।

इजरायलले आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक सबै तयारी गरिरहेको बताइएको छ। तेहरानमा हमासका नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डरको हत्यापछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएपछि यो तनाव उत्पन्न भएको हो।

तपाईको प्रतिक्रिया