Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस पृथ्वीराजमार्गस्थित आँबुखैरेनी गाउँपालिका-४ को ऐना पहरामा दुर्घटनाग्रस्त भएर मर्स्याङ्दी नदीमा खस्दा मृत्यु हुने को संख्या २७ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना, घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा गरी कुल २७ जनाको मृत्यु भएको हो।दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेहरूलाई सुरूमा आँबुखैरेनी अस्पतालमा लगिएको थियो। दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ हेलिकप्टरमा १२ जनालाई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो। पछि थप चार जनालाई पनि हेलिकप्टरमार्फत शिक्षण अस्पतालमा ल्याइएको छ।

दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो। बसमा सवार ४३ जना भारतीय यात्रु पोखराबाट काठमाडौं जाँदै थिए।

तपाईको प्रतिक्रिया