Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उपप्रधानमन्त्री र सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई चाँडै धरहरा खुला गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार सम्बन्धी पत्रकारसँगको भेटमा उनले सरकारको सय दिनभित्र धरहरा चढ्नको लागि व्यवस्था मिलाउने योजना रहेको बताए।

हाल धरहराको सबै काम पूरा नभएपनि धरहरा चढ्न चाहनेहरूको लागि आवश्यक व्यवस्था चाँडै तयार हुने आशा व्यक्त गरे। “धरहरा चढ्न चाहनेका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्नेछ । धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौँ”, उपप्रधानमन्त्री सिंहले भने ।

तपाईको प्रतिक्रिया