समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भई १ लाख ५३ हजार रुपैयाँ पुगेको छ।
यसअघि ( गत आइतबार ) भदौ २ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। त्यति बेला छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १८३५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १८२० रुपैयाँ रहेको थियो।