Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हुम्ला जिल्लाको दक्षिणी भेगमा अवस्थित चंखेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटनामा परी पाँचजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२ ००१ च ०९२२ नम्बरको जिप चंखेली–२ गर्खाबाट देउली बजारतर्फ जाँदै गर्दा मुगु सडकको गौरीसल्ला क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। जिपमा चालकसहित सातजना सवार थिए, जसमा पाँचजना गम्भीर घाइते भएका छन् भने दुईजनाको अवस्था सामान्य रहेको छ।

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल रहेका छन्। बाजुरा बुढीनन्दा नगरपालिका–४ का चालक महेन्द्रविक्रम शाह र चंखेली–२ की मायादेवी शाही भने सामान्य घाइते भएका छन्।

दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा रहेको सातजनाको टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको हो। जिप मोड्ने क्रममा सन्तुलन गुमाउँदा उक्त जिप सडकबाट १५० मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया