समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको छ। प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित भएपछि दुवै नेताबीच यो पहिलो भेट भएको हो।
भेटका क्रममा सरकारले गरिरहेका र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ। साथै, समसामयिक राजनीति र अन्य महत्त्वपूर्ण विषयहरूमा जानकारी आदानप्रदान गरिएको समेत सचिवालयले जनाएको छ।
प्रकाशित मिति: शनिबार, भाद्र ०१, २०८१
प्रकाशित समय: १९:०४:१०