समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप-विदेशमन्त्री रिचार्ड आर. वर्माले शिष्टाचार भेट गरेका छन्। शुक्रबार नेपाल आइपुगेका वर्माले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन्।
नेपाल भ्रमणको क्रममा, वर्माले नेपाल सरकारका उच्च अधिकारीहरू, यूएसएआइडी नेपालका कार्यक्रम साझेदारहरू, चिया क्षेत्रका विज्ञहरू र नेपाली व्यवसायीहरूसँग पनि भेट गर्ने योजना रहेको अमेरिकी दूतावासले जानकारी दिएको छ।