Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच खुमलटारमा दुई पार्टीबीच एकता गर्ने विषयमा छलफल भएको छ। यो साता उनीहरूबीच दोस्रो भेटवार्ता हो। सोमबार पनि प्रचण्डले नेपाललाई उनकै निवासमा भेटेका थिए।

स्रोतका अनुसार, पछिल्लो भेटपछि माधव नेपाल माओवादीसँग एकता गर्न सकारात्मक देखिएका छन्। यद्यपि नेकपा एसभित्र यसबारे मतभेद छ। एमालेसँग एकता नेतृत्वको कारणले सम्भव नभएपछि माओवादीसँग मिल्न नेताहरू इच्छुक भएका छन्।

एकता भएमा पार्टीको नाम समाजवादी कम्युनिष्ट पार्टी वा नेकपा समाजवादी राख्ने र चुनाव चिन्ह कलम राख्ने विषयमा छलफल भएको छ। साथै, भविष्यमा प्रधानमन्त्रीको अवसर आएमा माधव नेपाललाई संसदीय दलको नेता बनाउने सहमति भएको पनि बताइएको छ।

समाजवादी मोर्चामा रहेका विप्लव र महेन्द्रराय यादवलाई समेट्ने विषयमा भने छलफल जारी छ। यसअघि, माओवादी उपमहासचिव वर्षमान पुनले नेकपा एसका महासचिव घनश्याम भुसालसँग पनि पार्टी एकताको विषयमा छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया