Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक अघि बढ्ने भएपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बेपता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन तेस्रो संशोधन विधेययकमा दलीय सहमतिपछि प्रतिनिधिसभाबाट आजै पारित गर्ने कार्यसूची छ । उनले विधेयक पारित हुँदा संक्रमणकालीन न्याय निरुपणका लागि फराकिलो बाटोमा पुगिएको भन्दै नेपाली कांग्रेसका तत्कालीन सभापति तथा सात दलीय गठबन्धनका नेता कोइरालालाई स्मरण गरेका हुन् ।

‘यो विधेयक पारित भइरहँदा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई सम्झन चाहन्छु । सात दलीय गठबन्धन र गिरिजाप्रसाद कोइराला मेरो साझेदार हुनुहुन्थ्यो,‘ प्रचण्डले भने, ‘अस्पतालको बेडको अन्तिम भेटमा म पछि शान्ति प्रक्रियाको सम्पूर्ण काम तपाईंको जिम्मा भन्नुभएको थियो ।’

उनले आजको दिनलाई दूरगामी महत्वको दिन भन्दै शान्ति प्रक्रियाका अभिन्न अंगका रूपमा संक्रमणकालीन न्याय अघि बढ्दा हजारौँ सहिदको सपना साकार भएको बताए । ‘उपलब्धी संस्थागत गर्दै फराकिलो बाटोमा अघि बढ्न संस्थागत आधार तयार भएको छ । यसका लागि योगदान गर्ने सबैलाई धन्यवाद १ सबैको साझा प्रयासले यो ठाउँसम्म आएका छौँ,’ प्रचण्डले भने, ‘आज यो विधेयक अघि बढे पनि कार्यान्वयनको जटिलता भने कायम नै छ ।’

तपाईको प्रतिक्रिया