Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताअनुसार संविधान संशोधन गर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

उनले संविधान आफूहरूले बनाएको भन्दै संशोधन गर्दा प्रतिगमन नहुने तर्क गरे । ‘हामीले कठिन स्थितिमा संविधान निर्माण गरेका हौं । त्यसैगरी संविधान संशोधन गर्छौँ । संविधानप्रति कसैलाई माया लागेको कसैलाई नलागेको छँदै छैन भन्ने होइन,’ प्रधानमन्त्रीले भने, ‘हामीले मिलेर संविधान बनाएका हौं । मिलेर कार्यान्वयन गर्छौँ ।’

प्रधानमन्त्रीले संविधान संशोधन सहमतिको साथ गर्ने बताए । ‘दुई तिहाइ त यसै पनि चाहिन्छ । तर, जसोतसो दुई तिहाइ पुर्‍याऔं भन्ने होइन,’ उनले भने, ‘ संविधानको सर्वस्वीकार्यतालाई ध्यानमा राखेर अघि बढ्छौँ । आवश्यकताअनुसार परिमार्जन गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया