Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित बेचन झाले पोलिग्राफ जाँच (झूट जाँच) गराउन नमानेको खुलेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसन्धान अधिकृतहरुले झाको बयानको सत्यता जाँच गर्न पोलिग्राफ परीक्षण गराउने प्रयास गरे पनि झाले त्यसलाई अस्वीकार गरेका हुन्। झाविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दामा झाले पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेको विवरणसमेत समावेश गरिएको छ।

सरकारी वकिलको उपस्थितिमा झाले प्रहरीसँग दिएको बयानमा आफूलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारे केही थाहा नभएको दाबी गरेका थिए। अनुसन्धानका क्रममा प्रहरीले अर्का आरोपी रामशरण केसीले झाको नाममा काटेको दुई करोड रुपैयाँको चेकसमेत बरामद गरेको थियो, तर झाले त्यसबारे आफू अनभिज्ञ रहेको बताएका छन्।

अनुसन्धान अधिकृतहरुले झालाई झा र केसीबीचको एक संवादको अडियो सुनाउँदा पनि झाले त्यो आवाज आफ्नो नभएको दाबी गरेका छन्। केसीका अनुसार, मन्त्रिपरिषद्मार्फत केही निर्णय गराउन केसीले उक्त रकम मागेका थिए। चेक दिने क्रममा भएको कुराकानीको अडियो केसीले प्रहरीलाई उपलब्ध गराएका थिए। अडियोमा केसीले मन्त्रिपरिषद्बाट निर्णय भएका/नभएको बारेमा सोधेका छन्, र झाले त्यसलाई अस्वीकार गर्दै अडियो आफ्नो नभएको बताएका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया