समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्काशित महामन्त्री मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी १५ बुँदे सुझाव दिएका छन्। उनले एक पटक नागरिकता त्यागेका व्यक्तिहरूलाई पुनः नागरिकता प्राप्त गरेपछि राज्यको उच्च ओहदामा नियुक्ति गर्न नसकिने गरी संविधान संशोधन गर्न आग्रह गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले वयस्क भएपछि नागरिकता त्यागेर पुनः प्राप्त गर्ने व्यक्तिहरू उच्च ओहदामा पुग्दा राष्ट्र त्याग्ने मानसिकता आउनसक्ने खतरा औंल्याएका छन्।
संविधानको धारा २८९ (१) अनुसार, उच्च पदहरूमा वंशजको आधारमा नागरिकता प्राप्त व्यक्तिहरू मात्र मनोनयन वा नियुक्ति हुनसक्ने व्यवस्था गरिएको छ। साथै, उनले संविधान संशोधनमार्फत प्रदेश संरचना, जिल्ला समन्वय समिति र उपराष्ट्रपतिको पद खारेज गर्न सुझाव दिएका छन्।