समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि सुरु हुँदैछ। समसामयिक राजनीतिक अवस्था, विगतको समीक्षा, र पार्टी निर्माणका विषयमा छलफल गर्न आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा यो बैठक आयोजना गरिएको हो।
बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । साथै, जनपरिचालन, संगठन निर्माण, र विस्तारका विषयमा पनि विचार विमर्श हुने उनले बताए।