समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै छन्। आफ्नो तीन वर्षको कार्यकाल सम्पन्न भएको अवसरमा उनले यो सम्मेलन मार्फत आफ्ना उपलब्धिहरू र गरेका कार्यहरूबारे जानकारी गराउने छन्।
सम्मेलन दिउँसो १:३० बजे रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा हुने बताइएको छ। हालसालै डेडिकेटेड र ट्रंकलाइन महसुलसम्बन्धी विवादमा परेका घिसिङले यस विषयमा उठेका प्रश्नहरूको जवाफ दिने तयारी गरेका छन्।
कुलमानले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्ने उद्योगहरूको टीओडी मिटर डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिलाई बुझाइसकेका छन्।