Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – गुल्मीमा पहिरोले घर बगाउँदा पुरिएर ४ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नं. १ बिसौनास्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिँदा मंगलबार ४ जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर ६७ वर्षीय हुकुम विक, उनका छोरा ४६ वर्षका गोरे विक, हुकुमकी बहिनी ६६ वर्षीया मसुरी विक र नातिनी अढाइ वर्षकी रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार केसीले बताए । पहिरोले पुरेर ३१ वर्षका विष्णु विक र उनको श्रीमती २३ वर्षकी मुना विक घाइते भएका छन् ।

लगातारको वर्षापछि घरमाथिबाट लेदोसहितको पहिरोले मंगलबार बिहान दुईवटा घर पुरेको थियो । घटनापछि प्रहरीले २ जनालाई उद्धार गरी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पठाएको छ ।

तपाईको प्रतिक्रिया