Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – भारतका सु-प्रसिद्ध कथा वाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुगेका छन् । नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागी हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्ने छन् । महाराज स-परिवारसहित नेपाल आएको र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले बताए ।

भारतको मध्यप्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अन्तर्गत पर्दछन् । उनको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता हुने गरेको छ ।

सामाजिक कार्य तथा गाईको रक्षा र हिन्दु धर्मको रक्षाको लागि सधैँ खुलेर बोल्ने महाराजका वाणिले भारत तथा अन्य देशका लाखाैं व्यक्तिको जीवनमा पनि अमूल्य परिवर्तन गरेको पनि पाइएको छ । डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य महाराज भारत प्रस्थान गर्ने कार्यसूची छ

तपाईको प्रतिक्रिया