Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – काठमाडौँको सिनामंगलमा शुक्रबार दिउँसो मृत भेटिएका युवक र युवती नजिकका दाजुबहिनी भएको खुलेको छ । उनीहरु बाजुराको त्रिवेणी नगरपालिका-४ का दाजुबहिनी भएका खुलेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीकाअनुसार २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९ वर्षीया करिस्मा सार्की काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गस्थित झर्ना गेस्ट हाउसमा मृत भेटिएका थिए । गेस्ट हाउसको कोठा नम्बर २०४ मा करिस्मा घाँटी काटिएको र भरत झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । करिस्मा आफ्ना दुई भाइसँग काठमाडौंमा बस्दै आएको पाइएको छ ।

भरत रोजगारीका लागि भारतको मुम्बईमा थिए । चार वर्षअघि मुम्बई गएका उनी गाउँ फर्किएका थिएनन् । अहिले उनी काठमाडौं आएको पनि परिवारलाई जानकारी नभएको खुलेको छ । भरत र करिस्मा नजिकका दाजुबहिनी भएको उनीहरुको आफन्तले जानकारी दिएका छन् । तर उनीहरुबीच सम्बन्ध रहेको हल्ला थियो ।

उनीहरू धेरै नजिक भएको हल्ला चलेपछि आफूहरुले घरमै उनीहरूलाई सम्झाएको र त्यसपछि मुम्बई गएको भरत गाउँ नफर्किएको उनीहरुको भनाइ छ । अहिले काठमाडौँ आएको पनि आफूहरुलाई जानकारी नभएको उनीहरुले बताएका छन् । घटनाबारे जानकारी पाएपछि परिवारलाई खबर गरिसकेको वडाध्यक्ष गणेशबहादुर साउदले जानकारी दिए ।

करिस्मा र भरत साउन १५ गतेदेखि नै उक्त गेस्ट हाउसमा बसेको सञ्चालकले जानकारी दिएका छन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

 

तपाईको प्रतिक्रिया