Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

लन्डन – नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएका छन् ।

आइतबार लन्डनको फार्नबोरो स्थित गोर्खा वेल्फेयर सोसाईटीको भवनमा सम्पन्न शाखाको छैटौ अधिवेशनले सेनेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाल पत्रकार महासंघ यूकेको छैटौं महाधिवेशनका लागि अध्यक्ष पदमा श्याम लुँइटेल, दिनेश परियार र विमला सेनेले उम्मेदवारी दिएका थिए। निर्वाचन प्रक्रियाबाट सम्पन्न अधिवेशनमा बिमला सेनले २३ मत प्राप्त गरेर एफएनजे यूकेको पहिलो महिला अध्यक्ष बनेकि हुन । नवनिर्वाचत अध्यक्ष सेने यसअघिको कार्यसमितिमा केन्द्रीय प्रतिनिधिको रुपमा रहेका थिए । उनी लण्डनबाट प्रसारण हुने गोर्खा च्यानलका संस्थापक सम्पादक तथा प्रस्तोता पनि हुन् । नयाँ कार्यसमितिको अन्य पदहरुमा, वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षद्वयमा प्रमिला लाबुङ राई र शिव भण्डारी, महासचिवमा खेमराज रानाभाट, सचिवद्वयमा मंजु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङ्नाम निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा, अमित थेबे, बमबहादुर थापा, नगेन्द्रराज नेम्वाङ, वाचस्पति रेग्मी, गोमा राना, मिलनध्वज गुरुङ (मिलन तमु) मनोनित हुने भएकाछन् । निर्वाचन मण्डलका संयोजक संस्थाका निबर्तमान अध्यक्ष नरेश खपांगी मगर थिए भने निर्वाचनका अन्य सदस्यहरुमा प्रजय शुक्ला र पूर्ण गुरुङ थिए। निर्वाचनको पर्यवेक्षकमा बरिष्ठ समाजसेवी एकिन्द्र गुरुङ, शिब कल्चरका अध्यक्ष बिक्रम भट्टराई र ग्रेटर रसमर कम्युटिका अध्यक्ष मान गुरुङ रहेका थिए।

अधिवेशनको पहिलो चरणको कार्यक्रम संस्थाका अध्यक्ष ध्रुबराज अर्यालले अध्यक्षता गरेका थिए । महिला उपाध्यक्ष प्रमिला राईले स्वागत मन्तब्य मन्तब्य दिएका थिए। कार्यक्रम महासचिब नरेन्द्र बस्नेत र सचिब मंजु भण्डारीले संयुक्त रुपमा संचालन गरेका थिए।

अधिवेशनमा महासचिब नरेन्द्र बस्नेतले प्रस्तुत गरेको संस्थाको प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सर्बसम्मतबाट पारित भएको थियो ।
कार्यक्रमको अन्त्यमा निबर्तमान अध्यक्ष ध्रुबराज अर्यालले निर्वाचन मण्डल, पर्यवेक्षक, नवनिर्वाचित अध्यक्षलगायत कार्यसमिति र उपस्थित सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद दिएका थिए भने नवनिर्वाचित अध्यक्ष बिमला सेनले पनि उपस्थित सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया