Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – विद्युत् बक्यौता विवाद उत्कर्षमा  पुगेकै बेला नेपाल विद्युत् प्राधिकरणले फेरि तीन ठूला उद्योगको विद्युत् लाइन काटेको छ । विद्युत् बक्यौता बापतको रकम नतिरेको भन्दै प्राधिकरणले मंगलबार राती ती उद्योगहरूको लाइन काटेको हो ।

प्राधिकरणका अनुसार मंगलबार साँझ रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन काटिएको छ । विद्युत् बक्यौता तिर्नुपर्ने समयावधि घर्किएपछि लाइन काटेको प्राधिकरणको भनाइ छ । ‘हामीले आज साँझसम्मको समय दिएका थियौं । तर, बक्यौता तिर्नु छोडेर उहाँहरु पत्रकार सम्मेलनमा लाग्नुभयो, साँझसम्म कुर्दा पनि बक्यौता नतिरेपछि हामीले लाइन काटेका हौं,’ प्राधिकरणले भन्यो ।

प्राधिकरणका अनुसार विद्युत्को लाइन काटिएका तीन उद्योग मध्ये रिलायन्सले सबा ६० करोड, घोराहीले साढे ४० करोड र अर्घाखाँचीले पौने ३६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । प्राधिकरणले यसअघि पनि बक्यौता नतिरेको भन्दै ६१ वटा उद्योगको लाइन काटेको थियो । तर, सरकारले उद्योगीहरूको दबाबपछि डेडिकेटेड र ट्रंकलाइन महसुल समस्या समाधानका लागि आयोग बनाएपछि लाइन पुन : जोडिएको थियो ।

प्राधिकरणले लगातार बक्यौताको नाममा तर्साउने र धम्क्याउने  काम गरिरहेको भन्दै उद्योगीहरूले मंगलबार मात्रै पत्रकार सम्मेलन गरेका थिए । उनीहरुले पत्रकार सम्मेलनमार्फत प्राधिकरणले सरकारको निर्णय नमानेर अनावश्यक दुःख दिएको बताएका थिए ।

लाल आयोगको सिफारिस तथा मन्त्रीपरिषद्को निर्देशन विपरीत नेपाल विद्युत् प्राधिकरणले दबाब दिएता पनि उद्योगीहरू बक्यौता नतिर्ने अडानमा कायमै छन् । प्राधिकरणले विद्युत् महसुलको बक्यौता चुक्ताको कार्यतालिका बुझाउन उद्योगहरूलाई मंगलबारभित्र बुझाउने समयसिमा तोकेको थियो ।  उद्योगीहरूले यसतर्फ आनाकानी गरेपछि यो विवाद अझै बढ्ने अवस्थामा पुगेको छ ।

तपाईको प्रतिक्रिया