Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – अफगानिस्तान जारी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछाएको बंगलादेशले १७.४ ओभरमा अल आउट हुँदै १०५ रन बनाएको थियो । वर्षाले प्रभावित भएको खेलमा बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो ।

अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल बिहीबार बिहान ६: १५ बजेदेखि सुरु हुँदै छ । अर्को सेमिफाइनलमा भारत र इङल्याण्ड खेल्ने भएका छन् । यो खेल बिहीबार राती ८: १५ बजेदेखि सुरु हुने छ ।

योसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । बंगलादेशको यात्रा सिन सुपर ८ बाटै समाप्त भएको हो ।

तपाईको प्रतिक्रिया