Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – फिफा विश्वकप फुटबलपछि सबैभन्दा महत्वपूर्ण प्रतियोगिताका रूपमा युरोपियन च्याम्पियनशिप (युरो) रहेको छ। पछिल्लो संस्करणदेखि यो प्रतियोगिताको नाम युरो राखिएको हो, यसअघि यसलाई युरोकप भनिन्थ्यो।

यस पटक जर्मनीले प्रतियोगिता आयोजना गर्दैछ। युरो २०२४ प्रतियोगिता नेपाली समयअनुसार शनिबार बिहान औपचारिक रूपमा सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेल बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरिनामा स्कटल्यान्ड र जर्मनीबीच हुनेछ। एक महिनासम्म चल्ने युरो २०२४ को फाइनल खेल १४ जुनमा बर्लिनको ओलम्पिक रंगशालामा हुनेछ।

सन् १९८८ पछि यो पहिलो पटक जर्मनीले यो प्रतियोगिता आयोजना गर्दैछ। पूर्व र पश्चिम जर्मनीको एकीकरणपछि यो राष्ट्रले पहिलोपटक युरोको आयोजना गर्ने अवसर पाएको हो। युरो २०२४ मा २४ टोलीहरू प्रतिस्पर्धा गर्नेछन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले छैटौँपटक यो प्रतियोगितामा सहभागिता जनाउँदै छन्। यस पटक जर्मनी, स्पेन, इटाली, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र पोर्चुगललाई उपाधि दाबेदारका रूपमा हेरिएको छ। सन् १९९६ पछि स्विडेन पहिलो पटक छनोट हुन सकेन।

 

 

तपाईको प्रतिक्रिया