Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – उपाधि दाबेदार भारतले नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर एटमा स्थान बनाएको छ । गएराति सम्पन्न खेलमा आयोजक अमेरिकालाई ७ विकेटले हराउँदै भारतले एक खेलअगावै सुपर एटमा स्थान बनाएको हो ।

तेस्रो खेलमा अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १८.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि सूर्यकुमार यादवले ४९ बलमा दुई चौका र दुई छक्कासहित अविजित ५० रन बनाए । यस्तै, शिवम दुबेले अविजित ३१ र ऋषभ पन्तले १८ रनको योगदान दिए ।

कप्तान रोहित शर्मा तीन र विराट कोहली शून्यमै आउट भए । अमेरिकाका लागि सौरभ नेत्रावल्करले दुई र अलि खानले एक विकेट लिए । त्यसअघि न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनायो ।

उसका लागि नितिश कुमारले २७, स्टिभन टेलरले २४, कोरी एण्डरसनले १५, कप्तान आरोन जोन्स र शेड्ले भ्यान शाल्कविकले ११/११ रन बनाए । भारतका लागि अर्शदीप सिंहले चार, हार्दिक पाण्ड्याले दुई र अक्षर पटेलले एक विकेट लिए ।

समूह ‘ए’ मा रहेको भारतले अहिलेसम्म तीन खेलबाट सर्वाधिक ६ अंक जोडेको छ । ऊ तालिकाको शीर्ष स्थानमा छ । भारतले अब समूह चरणको अन्तिम खेलमा शनिबार क्यानडासँग खेल्ने तालिका छ । यस्तै, पराजित अमेरिका तीन खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ ।

भारतको जितले पाकिस्तानको सुपर एट सम्भावना जीवितै रहेको छ । यदि अमेरिकासँग भारत पराजित भएको भए ऊ एक खेलअगावै सुपर एट दौडबाट बाहिरिने सम्भावना बलियो थियो । अहिले पाकिस्तान दुई अंकका साथ तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया