Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

काठमाडौं – विश्वकपमा नेपाल र श्रीलंकाबीचको खेल हेर्ने नेपाली क्रिकेटप्रेमीको सपना अधुरै रहेको छ । अमेरिकाको फ्लोरिडामा हुने भनिएको नेपाल र श्रीलंकाबीचको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेटप्रेमीको सपना अधुरै बनेको हो ।खेलस्थलमा अमेरिकाका विभिन्न स्थलबाट हजारौं नेपाली समर्थक क्रिकेट मैदान पुगेका थिए । तर, वर्षा बाधक भएपछि नेपालको खेल हेर्ने अवसरबाट भने वञ्चित भए । यससँगै नेपालले विश्वकपमा पहिलो अंक हात पारेको छ ।खेल रद्द भएपछि सन् २०१४ को विश्वकप विजेता श्रीलंकाको सुपर एट सम्भावना सकिएको छ । श्रीलंका पहिलो र दोस्रो खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भयो । श्रीलंकाले अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । नेदरल्याण्ड्ससँगको खेलमा जित निकाले पनि सुपर एटमा पुग्ने छैन ।दोस्रो चरणमा पुग्ने नेपालको सम्भावना भने कायमै छ । नेपालले अब सुपर एटमा स्थान बनाउन बाँकी दुईवटै खेलमा जित निकाल्नुपर्नेछ । यसले मात्र पनि नेपाललाई पर्याप्त हुने छैन । नेदरल्याण्ड्स एउटा खेल हार्नुपर्नेछ ।नेपाल अहिले एक अंकका साथ समूह ‘डी’ तालिकाको चौथो स्थानमा छ । नेपालले अब १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।

  • तस्बिर : क्यानको फेसबुकबाट 
तपाईको प्रतिक्रिया