Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले एक अंक जोडेको छ । अघिल्ला पाँच खेलमा गोल र अंकविहीन नेपालले अन्तिम खेलमा भने यमनसँग २-२ गोलको बराबरी खेल्दै अंक जोडेको हो ।

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय गोल गरे । नवौं मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुग्दा सुरुवातमै नेपाल १-० ले पछि परेको थियो । बक्सभित्र मनिष डाँगीले रमी अल-वासमानीमाथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल-गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।

तर पहिलो हाफमै खेलमा फर्किने क्रममा नेपालले खेलको २३औं मिनेटमा बराबरी गोल गर्‍यो । यमनका डिफेन्डर र गोलरक्षकले गरेको गल्तीको फाइदा उठाउन नेपाल सफल भयो । एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बललाई भेटाउँदै सञ्जीवले बक्सभित्रबाट खेलमा बराबरी गोल गरेका थिए ।

पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा नेपालले अग्रता लियो । ६६औं मिनेटमा छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवको हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो ।

तर इन्जुरी समयको पहिलो मिनेटमा यमनले बराबरी गोल फर्कायो । उसका लागि मोहम्मद अल-दाहीदृ गोल गर्दै सम्भावित हार टारे । नेपालले यस अघि कुनै पनि खेलमा गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो। तर अन्तिम खेलमा २ गोल गर्दै निरन्तर गोलविहीन यात्राको अन्त भने गर्‍यो ।

नेपालले समूहका ६ खेलमा १ अंकसहित तालिकाको पुछारमा रहेर दोस्रो चरणको यात्राको अन्त्य गरेको छ । नेपाल रहेको समूह ‘एच’ मा युएईले १६ अंकसहित पहिलो हुँदै र बहराइन ११ अंकसहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । अब नेपाल र यमनले भने एसियाकप छनोटको अर्को चरण खेल्न पाउने छन् ।

तपाईको प्रतिक्रिया