Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलायन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिइने बताएका छन् । शनिबार अठोट नेपालले नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको ‘सेकेन्ड नेसनल टुरिजम कन्भेन्सन एण्ड फोटोग्राफी कम्पिटिसन २०२४’ कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री तामाङले सो कुरा बताएका हुन् ।

हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमर्सियल ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्न अनुमति पाएको नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य नेपाली वायुसेवा सञ्चालन संस्थाहरुले यस विमानस्थललाई सञ्चालन आधार बनाइ नियमित उडान सेवा सुरु गरेमा उनीहरुलाई सो अनुमति दिइने मन्त्री तामाङको भनाइ छ ।

उनले वायुसेवा सञ्चालन संस्थालाई व्यवसायिक ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५.२ बमोजिम प्रक्रिया सुरु गर्न निर्देशन दिइएको पनि बताए । यसअघि नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिङको अनुमति प्राप्त गरेको थियो ।

अब अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य नेपाली एयरलायन्सहरुले यस विमानस्थललाई सञ्चालन आधार बनाइ नियमित उडान सेवा सुरु गरेमा उनीहरुलाई पनि कमर्सियल ग्राउण्ड ह्याण्डलिङको अनुमति प्राप्त हुनेछ । वायुसेवा निगमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियस्तरको ग्राउण्ड ह्याण्डलिङ सेवा दिँदै आएको छ ।

मन्त्री तामाङले फोटो प्रदर्शनीमार्फत पर्यटन प्रवर्द्धन गर्ने कार्य एकदमै प्रसंशनीय रहेको बताउँदै नेपालमा पर्यटनको क्षेत्रमा सम्भावना र अवसर अत्यधिक रहेकाले विभिन्न माध्यमबाट अझ यसको प्रचारप्रसार गर्न आबस्यक रहेको औँलयाए । उनले फोटोग्राफीमार्फत नेपालको पर्यटन गन्तव्यहरुको प्रवर्द्धन गर्न यसले सहयोग पु¥याउने विश्वास व्यक्त गरे। पर्यटन क्षेत्रमा देखिएको समस्या हटाउन सरकार लागिरहेको बताउँदै उनले निजी क्षेत्रको सहकार्यमा मात्र त्यो सम्भव हुने बताए ।

मन्त्री तामाङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा अहिले पर्यटन व्यवसायीले भोगेको समस्या पर्यटन क्षेत्रको अनावस्यक भ्याट र करलगायत सुधार नगर्ने हो भने र नेपालमा आउने पर्यटकका लागि आवागमन सहज र सरल नगर्ने हो भने पर्यटन क्षेत्रमा लक्ष्यअनुरुप सफलता पाउन कठिन हुने बताउँदै सरकारले त्यसका लागि काम गरिरहेको बताए । उनले भने, ‘नेपाल सबै क्षेत्रमा सुन्दर छ तर पर्यटन क्षेत्रले देशको जीडीपीमा सोचे जस्तो योगदान दिन सकेको छैन ।’

तपाईको प्रतिक्रिया